काठमाठौं । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवको आयोजनामा छुट्टै कानून बनाउनु पर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा टुक्रा टुक्रा कुरा गर्नुभन्दा छुट्टै कानून बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘अबका योजनाहरुमा दिगोपन ल्याएर अगाडि बढ्नुपर्छ जस्तो मलाई…