काठमाडौं । नेपालको अर्थतन्त्र अझैपनि संकटपूण र तनावपूर्ण अवस्थामा रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल बैंकर्स संघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरुले अर्थतन्त्रमा समस्यामै रहेको औंल्याएका हुन् । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ग्रोथको हिसाबले बलियो रहेपनि अर्थतन्त्रमा भने धेरै परिवर्तन हुन नसक्ने…