काठमाडौं । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि सुरु भएको युद्धयता गाजामा मारिएका प्यालेस्टीनीहरूको संख्या ६३ हजार नाघेको छ । शुक्रबार मात्र कम्तीमा ५९ जनाको ज्यान गएको र २४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘धेरै पीडितहरू अझै भग्नावशेषमा फसेका छन् । तर लगातारको बमबारी र…