Logo

नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई देश छाडेर क्यानाडा पुगेका छन् । स्रोतका अनुसार उनी २०८१ साल जेठ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फिलिपिन्समार्गी क्यानाडा पुगेका हुन् । गत २०८० चैत १ गतेदेखि नेपाल स्काउट शुद्धिकरण अभियानले भट्टराईविरुद्ध विभिन्न आर्थिक तथा नैतिक अनियमितताका आरोप लगाउँदै छानबिनको माग गर्दै आन्दोलन सुरु गरेको थियो ।…