काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लाहरुमा पनि मनाउने चलन रहेको छ । भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा आठ दिनसम्म मनाइन्छ । जात्रा अवधिभर…