काठमाडौं । इजरायलमा हमासद्वारा हत्या गरिएका कञ्चनपुर निवासी विपिन जोशीको शव भोलि सोमबार काठमाडौं ल्याइने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुबई हुँदै जोशीको शव नेपाल ल्याउने तयारी गरिएको हो। विपिन जोशी २०८० असोज २३ गते (अक्टोबर ७, २०२३) मा गाजापट्टीमा हमासको आक्रमणका क्रममा बन्धक परेका थिए। हमासले हालै उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।…