काठमाडौं । हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नगरी पुनर्लेखन गर्नुपर्ने माग राखेका छन्। उनले जेन–जी आन्दोलनको भावना प्रतिनिधित्व हुनेगरी संसद विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन्। गुरुङका अनुसार वर्तमान संविधानलाई खारेज गर्ने होइन, संशोधन र पुनर्लेखन गरेर अद्यावधिक गर्नुपर्ने अवस्था आएको छ। उनले भने, “संविधान चाहिन्छ, खारेज नगर्ने। अरूले हस्तक्षेप गर्छन्।…