रौतहट । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीशहरूको व्यक्तिगत सुरक्षा (पिएसओ)परिवर्तन गरिएको छ । रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कालो मोसो प्रहारको घटनापछि १३ जना न्यायाधीशहरूको पिएसओ परिवर्तन गरिएको हो । नेकपा बहुमतका कार्यकर्ताहरूले विहीवार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा.खुसीराम थारु र अर्जुन महर्जनमाथि…