काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर प्रहरी बलले, नगर प्रहरी हवल्दार र जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ । आइतबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० जना नगर प्रहरी समावेश गरिएको छ । तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक र वाह्य कक्षाहरु प्रयोगात्मक हुने…