ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहमा महानगरको काम–कारबाही थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै मेयर महर्जनले यो दिन ललितपुर महानगरपालिकाका लागि ऐतिहासिक रहेको बताए । ‘हामी जति काम गर्दै छौं, त्यसमा अझ ऊर्जा थपिएको छ । सबैको प्रतिनिधित्व हुने गरी काम गर्दै आएका…