जनकपुर । डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहलाई उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ । वन प्राविधिक संघको ५०औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव समारोहमा काठमाडौमा मंगलबार आयोजित एक कार्यक्रममा सो पुरस्कार डिएफओ सिंहलाई प्रदान गरिएको हो । वन संरक्षणको कार्यमा अतुलनिय योगदान पुर्याए बापत कार्यको उच्च मूल्यांकन सहित नगद पुरस्कार र…