काठमाडौं । उच्च उचाइमा बसोबास गर्ने मानिसहरूमा मधुमेहको जोखिम कम हुने तथ्यलाई वैज्ञानिकहरूले नयाँ अध्ययनमार्फत पुष्टि गरेका छन् ।गल्याडस्टोन इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूका अनुसार कम अक्सिजन भएको वातावरण (हाइपोक्सिया) मा शरीरका रातो रगतका कणहरूले रगतबाट ठूलो मात्रामा ग्लुकोज सोस्ने गर्छन् । अक्सिजनको स्तर कम हुँदा रातो रगतका कणहरूले नयाँ प्रकारको मेटाबोलिक प्रक्रिया अपनाउने र यसले रगतमा रहेको…