Logo

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न आयोगको सिफारिस

काठमाडौं – जेनजी आन्दोलन दमनबारेको अनुसन्धानको क्रममा आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको छ। आयोगले सिफारिस गरेको सूचीमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजाल समेत छन्। सिफारिस अनुसार, सम्बन्धित व्यक्तिहरूलाई उपत्यका बाहिर जान रोक लगाउन प्रस्ताव गरिएको छ।…