काठमाडौं । बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्य रहेको यस कथा प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले २०८१ भदौ ३१ गते पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको हो । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो…