Logo

एमाले बैठकको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने निष्कर्ष निकालेको छ । मंगलबार राति सम्पन्न भएको बैठकले पूर्वराष्ट्रपति साझा व्यक्तित्व र देशको अभिभावक भएकाले दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन मिल्दैन भन्ने निष्कर्ष निकालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।…