काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हालको अन्तरिम सरकार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गठन भएको बताएका छन् । शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले हालको सरकार ‘हाहा–हुहु’मा बनेको भन्ने टिप्पणी झुटो भई ओलीकै सिफारिसमा बनेको दाबी गरेका हुन्…