Logo

अफगानिस्तान र पाकिस्तानका अधिकारीबीच सीमा तनाव कम गर्न दोहामा वार्ता

काठमाडौं । अफगानिस्तान र पाकिस्तानका वरिष्ठ सरकारी अधिकारीहरू आफ्नो साझा सीमामा बढ्दो तनाव कम गर्ने उद्देश्यले कतारको दोहामा वार्ताका लागि पुगेका छन् । पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार रक्षा मन्त्री ख्वाजा आसिफको नेतृत्वमा पाकिस्तानी प्रतिनिधि मण्डल शनिबार दोहा पुगेको हो । त्यस्तै, अफगान अधिकारीहरूले पनि रक्षा मन्त्री मुल्ला मोहम्मद याकूबको नेतृत्वमा उच्चस्तरीय टोली कतार प्रस्थान गरेको…