काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ । अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पताल बनेको हो । डब्लुएसओले अस्पतालको गुणस्तर, पूर्वाधार, चिकित्सकीय सेवा, उपचार प्रक्रिया, र नतिजाको कडा मूल्याङ्कनपछि गत अक्टोबर…