रामेछाप । रामेछाप नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको सुकाजोरको बहुउद्देश्यीय कवर्डहल निर्माणको योजना आर्थिक अभावको कारण अलपत्र परेको छ । रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण सुरु गरिएको कवर्डहलसहितको खेल मैदान निर्माण आयोजना वर्षौँदेखि अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय योजना आयोग र रामेछाप नगरपालिकाको साझेदारीमा निर्माण सुरु भएको सो आयोजनामा पाँच करोड रुपैँया भन्दा बढी रकम…