काठमाडौं । २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गते सम्मको तथ्यांक अनुसार सूदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो । रोगका कारण सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ ।…