काठमाडौं । एनसेलले १० दिनभित्र देशभर २० नयाँ मोबाइल टावर सञ्चालनमा ल्याएको छ। कम्पनीले फोरजी सेवा विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा टावर जडान कार्य सम्पन्न गरेको जनाएको छ। एनसेलका अनुसार मधेस प्रदेशमा १३, कोशी प्रदेशमा ६ र बागमती प्रदेशमा १ गरी कुल २० नयाँ टावर सञ्चालनमा आएका छन्।…