काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ हाडीगाउँमा निर्माण गरिएको फल्चाको उद्घाटन गरिएको छ । शनिबार सम्पन्न एक कार्यक्रममा वडाध्यक्ष बिरेन्द्र प्रजापतिले फल्चाको उद्घाटन गरेका हुन् । समारोहमा वडाध्यक्ष प्रजापतिले हाडीगाउँको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै आधुनिक सुन्दर महानगर बनाउने उद्देश्यका साथ फल्चा निर्माण गरिएको बताए । उनले भने, ‘हामी निर्वाचित भइसकेपछि सुन्दर महानगर…