काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको लगानीको वातावरण सुधार गर्नका लागि केही कानुनी संशोधन आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित 'प्लास्ट नेपाल २०२४' कार्यक्रमको उद्घाटन समारोहमा उनले गत वैशाखमा लगानी सम्मेलनको क्रममा केही कानुनहरू अध्यादेशमार्फत संशोधन भए पनि तिनका नियमावली र कार्यविधि अझै तयार नभएकाले कार्यान्वयनमा समस्या आएको गुनासो गरे। उनले…