कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ मा एक अज्ञात पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार करिब ३० देखि ३५ वर्ष उमेरका पुरुषको शव मंगलबार दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारामा रहेको ह्युमपाइपभित्र सडेको अवस्थामा फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न बाँकी रहेको र शवलाई पोस्टमार्टमका लागि महाकाली…