काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले भारत सरकारको आदेशमा आठ हजारभन्दा बढी खाता भारतमा प्रतिबन्धित गरेको छ। कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा कानुनी कारवाहीको सम्भावनालाई दृष्टिगत गर्दै आदेशको पालना गरिएको उल्लेख गरिएको छ। प्रतिबन्धित खाता अधिकांश पाकिस्तानका पत्रकार, विश्लेषक र मिडिया संस्थासँग सम्बन्धित रहेका छन्। भारत सरकारले दिएको आदेश अप्रिल २२ मा…