काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय तप बहादुर मगरको नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले २०८२ मंसिर १ गते भारतको राष्ट्रिय मानवअधिकार आयोगसँग उच्चस्तरीय भेटवार्ता गरेको छ । भेटका क्रममा आयोग भारतका अध्यक्ष न्यायमूर्ति भि. रामसुब्रमण्यन र सेक्रेटरी जेनरल भरत लालसँग द्विपक्षीय सहकार्य, समन्वय तथा अनुभव आदान–प्रदानका विषयमा विस्तृत छलफल भएको आयोगले जनाएको छ…