काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले उठाउँदै आएका प्रमुख माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै संघर्ष कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। कार्यक्रमा अन्तर्गत जसपा नेपालले मंसिर ११ देखि…