काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा उम्मेदवार तोकेका न्युरोलोजिष्ट डा. लेखजंग थापाले आफू जस्तोसुकै त्यागका लागि तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा उनले भनेका छन्, “रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक…