काठमाडौं — प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) की कुलपति सुशीला कार्कीले देशका सबै विश्वविद्यालयको कुलपतित्व प्रधानमन्त्रीकै जिम्मामा रहने विद्यमान व्यवस्था व्यावहारिक नभएको बताएकी छन्। बुधबार त्रिवि सभालाई सम्बोधन गर्दै उनले सबै कार्यभार प्रधानमन्त्रीले एक्लैले बोकेर अघि बढ्न नसक्ने स्पष्ट पारिन्। उनका अनुसार विश्वविद्यालयहरूको स्वायत्तता सुनिश्चित गर्न तथा कुलपति नियुक्तिको वैकल्पिक संरचना बनाउन शिक्षा, विज्ञान तथा…