Logo

यूकेमा नेपाली नर्स पठाउने सम्झौता अघि बढाउन मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि द्विपक्षीय सम्झौताको एउटा मस्यौदालाई अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौतालाई अघि बढाउन स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका हुन् । हजो बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त जानकारी दिए ।…