काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् । शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई गृहमन्त्री खाँडले नेपाल तरुण दलको सदस्यता प्रदान गरेका हुन् । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदय शमशेर राणा, जितजंग बस्नेतका…