काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन् । राप्रपा नेपाल काठमाडौं जिल्लाले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले विद्यमान राजनीतिक संरचनाभित्र रहेका त्रुटिहरुका कारण आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधिसभा दुई अढाई वर्षभित्रै दुर्घटनामा पर्न सक्ने खतरा रहेको बताए…