Logo

उपराष्ट्रपति यादव महागढीमाईको दर्शन गर्न बारा जाँदै

काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादव महागढीमाईको दर्शनका लागि आज बारा जाने भएका छन् । चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । उनले आज बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उनका निजी सचिवालयले जनाएको छ । महागढीमाईको दर्शनपछि उनलाई त्यहाँको गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम समेत राखेको…