काठमाडौं । नेपाल प्रहरीले भद्रपुर विमानस्थलबाट एक महिलालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–९ मा रहेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले चेकजाँचका क्रममा महिलालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेकी छन् । काठमाडौं आउन…