काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको उद्घाटन समारोहमा देउवा उपस्थित नहुने कांग्रेसले जनाएको छ । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार देउवाको सट्टामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको प्रतिनिधित्व गर्नेछन् । नेकपा (एमाले)को ११औँ महाधिवेशन…