अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद भुसालले निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको बताएका छन्। आयोगले खर्च विवरण नबुझाउनेको सूचीमा आफ्नो नाम सार्वजनिक गरेलगत्तै नेता भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । गत निर्वाचनकाे खर्च विवरण अर्घाखाँची जिल्लामा सबैभन्दा पहिला आफूले बुझाएकाे भुसालले दावी गरे । "अझ खर्च विवरण फेसबुकमार्फत् सार्वजनिक गर्ने त म अर्घाखाँचीकाे…