काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नयाँ र स्वतन्त्र भनिएका दलहरुको हविगत छिट्टै पुरानै दलको जस्तो हुने दाबी गरेका छन् । शनिबार पार्टीनिकट कानुन व्यवसायीहरूले काठमाडौंमा आयोजना गरेका कार्यक्रममा महासचिव भूसालले दलाल, पुँजीवादविरुद्ध कसैले आवाज नउठाएकाले छिट्टै उनीहरू पनि पुराना पार्टीजस्तै हुने बताए । ‘त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ…