काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको घटनामा संलग्न भएको आरोपमा मुद्दा दायर गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार (जेठ ११) प्रसाईंसहित ६२ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्ति भंग, राज्यविरुद्धको अपराध लगायत गम्भीर ६ ओटा अभियोगसहित…