Logo

अहिलेको सरकारको विकल्प नभएको माधवकुमार नेपालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सरकारको कुनै विकल्प नभएको बताएका छन् । समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार चितवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले आफूहरु पनि सरकारमा भएकाले यही सरकारलाई सफल बनाएर अघि बढ्नुपर्ने बताए । उनले सरकारले गरेको राम्रो कामलाई समर्थन गर्दै गलत काम गरेको बेलामा आलोचना गर्ने समेत बताए ।