काठमाडौं – अन्तरिम सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई भारतको नयाँ दिल्लीमा २०८२ कार्तिक १०–१३ गते आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौँ बैठकमा भाग लिन स्वीकृति दिएको छ। निर्णय आइतबार (असोज १२) बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो। सरकारले भदौ २३–२४ गतेका प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको पहिचान र उपचार सुनिश्चित गर्न गृह मन्त्रालयमार्फत परिचय…