काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । २०२६ मत खसेकोमा १४ मत…