रौतहट । गत २४ घण्टादेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड मंगलबार बिहान पुनः खुल्यो । भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी–१७ एटी–२११४ नम्बरको एलपी ग्यास ट्यांकर दुर्घटना भएपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका निरीक्षक राजेन्द्र थापा मगरका अनुसार, प्राविधिक टोलीले पल्टिएको बुलेट वारुणयन्त्र र क्रेनको सहयोगमा सुरक्षित रूपमा…