काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग भिड्दैछ। मुलपानी मैदानमा नेपाल र साउदीबीच विहान ९ बजे खेल सुरु हुने तालिका छ। नेपालले मुलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको…