Logo

मधेश प्रदेश

बारामा हस्ताक्षर नभएको मतपत्रसहित जसपाका कार्यकर्ता पक्राउ



जनकपुरधाम । बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतदान जारी छ । एउटा मतदान केन्द्रबाट जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ता पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट रामसागर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँग दुई वटा मतपत्र भेटिएको हुनाले अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका यादवसँग मतदान अधिकृतको हस्ताक्षर नभएको दुई वटा मतपत्र भेटिएको थियो । उनी जिल्ला समन्वय समितिका सदस्यसमेत छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो । तर उनलाई प्रहरीले नियन्त्रण लिएर पुनः मतदान सुरु गरेका छन् ।

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १२ : ०८ बजे