काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा सम्पन्न भएको रुस भ्रमण ऐतिहासिक भएको बताएका छन् । रसियाको उपल्लो सदन सङ्घीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणामा भएको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अध्यक्ष तिमिल्सिनाले रसियासँग अन्तर व्यवस्थापिका सहयोग आदनप्रदानका साथै आपसी सहयोग वृद्धिका लागि भ्रमण महत्वपूर्ण भएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय…