काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै गम्भीर भएपनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन् ।उनका अनुसार नेपालमा दैनिक औसत आठ जना सडक दुर्घटनामा ज्यान गुमाउने गरेका…