बिराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छन् । विराटनगरमा भएको महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी अधिकारकर्मी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् ।त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गाका लीलावहादुर सुनुवार र झापाका इश्वरा तिवारी चयन भएका छन् ।…