काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिईएको छ । केसीले प्रवक्ताको अतिरिक्त सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ । निवर्तमान प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सोमबार आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरे । प्रवक्ताको जिम्मेवारी पाएका केसीले नेपाली सेना र आमसञ्चार…