हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ ।हेटौंडामा वाग्मती प्रदेश अधिवेशन गर्नुपर्ने र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी नपुग्ने भएकाले अधिवेशन सार्ने निर्णय गरिएको जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।जिल्ला समितिका पदाधिकारी र सल्लाहकारसहितको बैठकले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्न निर्वाचन अधिकृतसमक्ष अनुरोध गरेको उनले बताए…