काठमाडौं । बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो । भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको छ । काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्याइएको…