काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला सभापतिमा तीर्थ लामा निर्वाचित भएका छन्। संस्थापन पक्षका लामाले एक हजार ६४६ मतसहित प्रतिस्पर्धी अच्युत पौडेललाई पराजित गरेका हुन् । पौडेलले ७७० मत प्राप्त गरे। मतदानमा कूल दुई हजार ४६८ मत खसेको थियो।